अञ्जनाले बचाइन् दुई पेनाल्टी | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

अञ्जनाले बचाइन् दुई पेनाल्टी

anjana mahila saff

काठमाडौं, २० असोज । गोलरक्षक अञ्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरेपछि चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै नेपाल साफ यू–१८ महिला च्याम्पियनसिपको फाइनल पुगेको छ ।

 शुक्रबार भुटानस्थित चाङलिमिथाङ रंगशालामा सम्पन्न सेमिफाइनलमा निर्धारित समयको खेल १–१ ले बराबर भएपछि अतिरिक्त समयमा पनि कुनै गोल हुन सकेन । टाइब्रेकरमा अञ्जनाले भुटानको दुई पेनाल्टी प्रहार बचाएकी थिइन् ।नेपालका रश्मीकुमारी घिसिङले १५ औं मिनेटमा गोल गरेकी थिइन् । रेखा पौडेलले दिएको थु्र बललाई पेनाल्टी क्षेत्रभित्र गोलरक्षकसमेत छक्याउँदै रश्मीले गोल गरेकी हुन् । दोस्रो हाफको ६२ औं मिनेटमा भारतकी कप्तान समिक्षाले हेडरमार्फत बराबरी गोल फर्काइन् । दायाँ विंग्सबाट आएको फ्रिकिकमा सिक्स यार्ड बक्सभित्रबाट उनले गोल गरेकी हुन् ।

टाइब्रेकरमा नेपालका लागि पूजा रानाले गरेको दोस्रो प्रहार चुक्दा रेखा पौडेल, गोलरक्षक अञ्जना र रश्मीकुमारीले गोल गरेका थिए । यसअघि नेपालले सन् २०१५ मा दशरथ रंगशालामा भएको एएफसी यू–१४ गल्र्स रिजनल च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई १–० ले पराजित गरेको थियो । त्यसै टोलीका अधिकांश खेलाडीसम्मिलित टोलीले पहिलोपल्ट भइरहेको यस प्रतियोगितामा फाइनल स्थान पक्का गर्‍यो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);