सीमा नाकामा न त हेल्थ डेस्क छ, न कुनै स्वास्थ्यकर्मी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सीमा नाकामा न त हेल्थ डेस्क छ, न कुनै स्वास्थ्यकर्मी !

sima naka mahattori

महोत्तरी, २८ फागुन । विश्वका विभिन्न देशका साथै भारतमा पनि कोरोना भाइरसको संक्रमण देखिँदा पनि प्रदेश नंम्बर २ को महोत्तरीको मलिवाडा भिठामोड नाकामा न त हेल्थ डेस्क छ, न त्यहाँ कुनै स्वास्थ्यकर्मी छन् । महोत्तरी नाकाबाट नेपाल भारतमा अहिले पनी खुल्ला रुपमा आवतजात हुदा स्थानीयवासि त्रसित भएका छन ।

विश्वनै कोरोनाले आक्रान्त भएका बेला भारतसंग सिमा जोडिएका महोत्तरीका मुख्य सिमाना मलिवाडा भिठामोडमा चेकजाँचका लागि हेल्थ डेस्क स्थापना हुन सकेको छैन । प्रदेश र स्थानीय सरकारले जोखिम न्युनीकरणका उपाय अवलम्बन गरेका छैनन् । यसले गर्दा प्रत्येक दिन हजारौको संख्यामा नेपाल भारत आबतजावत गर्ने नाकाबाट कोरोना फैलन जोखिम बढेको छ । महोत्तरीको मलिवाडा भिठामोड , मठियानी, सम्सी लगायतका नाकामा कुनै चेकजाँच नहुदा स्थानीयबासी त्रसित छन् ।

सरकारले महामारीबाट बच्नका लागी लाखौ खर्च गरेको छ । महोत्तरीका सबैनाकामा केहि समय हेल्थ डेक्स स्थापना पनि गरियो । तर जनशक्ति र उपकरणको अभावमा प्रभावकारी काम हुन नसकेपछि अहिले हेल्थ डेक्स हटाइएको छ । स्थानीय सरकारले ध्यान नदिएकै कारण डेस्क स्थापना हुन नसकेको जनस्वास्थ्य कार्यालय महोत्तरीको आरोप छ ।

प्रदेश २ का सबै जिल्ला भारतसँग जोडिएका छन् । खुला सीमाका कारण नाकाबाट सहज आवागमन भइरहेको छ । ती क्षेत्रमा थर्मल स्क्यानर र ईन्फ्रा रे थर्मामीटर आवश्यक रहे पनि यसतर्फ सम्बन्धित निकायले चासो देखाएको छैन ।

नेपालीहरु भारत जाँदा सामान्य चेकजाँच गरेपनी नेपालतर्फ कुनै डेस्क छैन । सामान्य सचेतनाका लागि समेत स्थानीय तहहरुले काम गर्न सकेका छैनन् । यस्तो लापरवाही सिमानाकामा भइरहदा समेत जलेश्वर अस्पताल तयारी अवस्थामा देखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);