हेल्प डेस्क छ, स्वास्थ्य कर्मचारी छैनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हेल्प डेस्क छ, स्वास्थ्य कर्मचारी छैनन्

उत्तम रिजाल, झापा । मुलुकमा कोरोना भाइरस संक्रमण दैनिक बढिरहेको छ । सरकारले जोखिम कम गर्न भन्दै मुख्य शहरका विद्यालय बन्दको निर्णय नै गरेको छ । छिमेकी मुलुक भारतमा त दैनिक साँढे दुई लाख बढीमा संक्रमण फैलिइरहेको छ ।

सरकारले सीमा नाकामा कडाई गर्न निर्देशन पनि दिएको छ । हेल्प डेस्क पनि राखिएको छ । तर कतिपय हेल्प डेस्कमा व्यानर राखिएको छ, स्वास्थ्यका कर्मचारी बस्दैनन् । फोन गरी सोध्यो भने कर्मचारी खटाइएको छ, चेकजाँच गर्दै आउँने जानेको डाँटा राख्ने गरेका छौ भन्ने जवाफ दिन्छन् । तर न त स्वास्थ्यका कर्मचारी नै बस्छन, नत चेकजाँच नै हुन्छ ।

यस्तै नाका मध्येको एक हो, झापाको गौरीगञ्ज–५ मा पर्ने फत्तेपुर नाका, जहाँ होलीको भोलि पल्टैबाट हेल्प डेस्क खडा गरियो । व्यानर पनि राखियो तर दुई दिन भन्दा बढी कर्मचारी बसेनन् । दैनिक दर्जनौ मानिसको आवत जावत भइरहेको छ । तर विना चेकजाँच ।

विना चेकजाँच मानिसहरु ओहोर दोहोर गर्ने गरेको देखेपछि स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रलाई सोध्दा उहाँले दैनिक कर्मचारी बसिरहेको र चेकजाँच गरेर मात्र छोडिने गरेको प्रतिक्रिया दिए।

तर बोडरको पोष्टमा खटिएका जनपथ प्रहरी र सशस्त्रका जवानले भने कर्मचारी नबसेका र गाउँपालिकाको रेकर्ड फायल पनि हामीलाई नै छोडिदिएको भन्दै गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारीको लापर्वाहीको पुष्टि समेत गरे । गाउपालिकाका स्वास्थ्य शाखाका प्रमुख मिश्रलाई तपाईले कर्मचारी बसेका छन भन्नु भयो तर कर्मचारी त कोहि थिएनन त ?

जो बसिरहेका छन भनि नम्बर दिएका थिए त्यो नम्बरमा फोन गर्दा उनले उठाएनन पनि प्रश्न तेस्र्याएपछि स्वास्थ्य शाखा प्रमुख मिश्रले भोलिदेखि दैनिक कर्मचारी खटाएर चेकजाँच गर्ने प्रतिक्रिया दिए । भारतमा कोरोना संक्रमित भयावह बन्दै जाँदा पनि सीमा नाकामा निर्वाद आवत जावत गर्न दिनुले फत्तेपुर नाका कोरोना प्रेबेशको अर्को द्धार बन्ने देखिएको छ ।

यसतर्फ स्थानीय प्रशासनले पनि खासै ध्यान दिएको देखिएको छैन् । बोडरको पोष्टमा बसेको शसस्त्र प्रहरीसँग भएको थर्मल गनले पनि काम गर्दैन् । तर स्वास्थ्य क्षेत्रका कर्मचारीहरु भने कुर्सीमै बसेर कर्मचारीले चेकजाँच गरिरहेको जबाफ दिन्छन् । यसले झापामा कोरोना संक्रमितको संख्या बढ्ने मात्र नभइ कोरोना संक्रमणको जोखिम समेत बढेको छ ।

यस विषयमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनासँग जिज्ञासा राख्दा उहाँले तत्काल त्यस क्षेत्रमा गाउँपालिकासँग कुरा गरेर स्वास्थ्यका कर्मचारी खटाउन लगाउने प्रतिक्रिया दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);