कोरोना लडाईमा चुनौती बन्दै भारतीय भेरियन्ट, खोपको प्रभावकारितामा कमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

कोरोना लडाईमा चुनौती बन्दै भारतीय भेरियन्ट, खोपको प्रभावकारितामा कमी

काठमाडौं । कोरोना भाइरसको नयाँ–नयाँ भेरियन्ट अर्थात नयाँ–नयाँ रुपहरु देखिएपछि विश्वसँगै नेपाल पनि त्रसित छ । पछिल्लो समय कोरोना भाइरसका विभिन्न भेरियन्टहरु देखा परेपछि विश्व समुदाय नै चिन्तित भएको छ । जुन भेरियन्टहरुले मानव आक्रामक रुपमा असर पु-याई रहेका छन् ।

विश्वकै लागि निकै चुनौतीपूर्ण बनेको कोरोना भाइरसले फेरिरहने रुपलाई वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । जसलाई चित्कित्सकीय भाषामा ‘होल जीन स्वीक्वेन्सिङ’ भनिन्छ । दक्षिण अफ्रिकी भेरियन्ट, युके भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतको डबल म्युटेन्ट भेरियन्ट पनि यही प्रविधिबाट पत्ता लागेका हुन् ।

नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै युके भेरियन्ट र भारतको डबल म्युटेन्ट भेरियन्ट पनि देखा परेको छ । यी दुईमध्ये भारतीय भेरियन्ट अलि कडा खालको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन बताउँछन् । उनका अनुसार भारतीय भेरियन्टमा कोरोनाविरुद्धको खोप प्रभावकारी देखिएको छैन । तर, युके भेरियन्टमा खोप केही प्रभावकारी देखिएको छ ।

के हो भारतीय डबल म्युटेन्ट भेरियन्ट ?

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै सो भेरियन्टको भाइरस पत्ता लागेको हो । यो भेरियन्टलाई वैज्ञानिक भाषामा बी.१.६१७ भनिन्छ । यो भेरियन्ट भारतमा देखिएपनि बेलायतसम्म पुगेको छ । भारतीय भेरियन्टको भाइरसबाट बेलायतमा १ सय बढी व्यक्ति संक्रमित भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अध्ययनका क्रममा अनुसन्धानकर्ताले दुई वटा म्युटेशन भएको भाइरस भेटे जसको नाम डबल म्युटेन्ट राखियो । म्युटेशन भेरियन्ट भाइरस भनेको दुई वटा ठाउँमा स्वरुप परिवर्तन हुने प्रकृतिको भाइरस हो । भाइरसहरुको स्वीक्वेन्स अर्थात् नम्बर हुन्छ । अहिले भेटिएका भाइरसमा ई४८४क्यू र एल४५२ आर छ । अर्थात् दुई ठाउँमा नम्बर परिवर्तन भयो । यसलाई सामान्यतया भाइरसको परिवर्तित स्वरुप भनिन्छ । जुन दुई ठाउँमा देखियो भन्न मिल्छ ।

भारतीय डबल म्युटेन्ट भेरियन्टले कस्तो असर गर्छ ?

डा. पुनका अनुसार भारतीय भेरियन्टको भाइरसले संक्रमितमा कडा असर गर्छ । रोग प्रतिरोधात्मक क्षमता धेरै मात्रामा घटाउँछ । ‘यो भेरियन्टमा रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने गुण छ, बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने विशेषता यो भाइरसमा देखिएको छ’ – डा.पुनले भने । ‘नेपालकै सन्दर्भमा हेर्ने हो भनेपनि भारतीय भेरियन्टको भाइरस देखिएका व्यक्तिमा कोरोना खोपले जति मात्रामा असर गर्नुपर्ने थियो गरेन’– पुनको भनाइ छ । भारतीय भेरियन्टमा खोप प्रभावकारी नदेखिएकाले नेपालका लागि भारतीय भेरियन्ट चुनौतीपूर्ण बनेको डा. पुन बताउँछन् ।

तर युके भेरियन्टको भाइरस देखिएका व्यक्तिमा भने कोरोनाविरुद्धको खोपले राम्रै प्रभाव पारेको उनको भनाई छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);