दिल्लीका ५० प्रतिशत संक्रमितमा डबल म्युटेन्ट र युके भेरियन्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

दिल्लीका ५० प्रतिशत संक्रमितमा डबल म्युटेन्ट र युके भेरियन्ट

एजेन्सी । कोरोनाले थला परेको भारतको अवस्था अहिले अत्यन्तै खराब छ । कोरोना भाइरसको नयाँ–नयाँ भेरियन्ट देखा परेपछि भारतका विभिन्न प्रान्तको अवस्था नियन्त्रणभन्दा बाहिर गएको छ ।

कोरोनाले नयाँ दिल्ली पनि निक्कै प्रभावित छ । दिल्लीमा देखिएका आधा बढी संक्रमितमा युके भेरियन्ट र भारतीय डबल म्युटेन्ट भेरियन्ट देखा परेको त्यहाँको सरकारी निकायले जनाएको छ । नेशनल सेन्टर फर डिजिज कन्ट्रोल एनसीडीसी भारतका प्रमुख डा. सुजित सिंहका अनुसार दुई साता अगाडि देखिका नमुना परीक्षण गर्दा ५० प्रतिशत बढीमा युके भेरियन्ट र भारतीय डबल म्युटेन्ट भेरियन्ट देखिएका हुन् ।

भारतको दिल्लीमा मात्र गत २४ घण्टामा २६ हजार १ सय ६९ मा कोरोना संक्रमण पुुुुुुष्टि भएको छ । जसमा १३ हजारभन्दा बढी डबल म्युटेन्ट र युके भेरियन्टबाट संक्रमित छन् । दिल्लीमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३ सय ६ ले ज्यान गुमाएका छन् । पछिल्लो समय दिल्ली कोरोनाको इपिसेन्टर नै बनेको छ । दिल्लीमा कोरोना संक्रमणबाट हालसम्म १३ हजार १ सय ९३ जनाको ज्यान गइसकेको छ ।

भारतमा युके भेरियन्ट र भारतीय डबल म्युटेन्ट भेरियन्टसँगै दक्षिण अफ्रिकी भेरियन्ट र ब्राजिलियन भेरियन्ट पनि देखिएका छन् । पछिल्लो समय बंगालमा नयाँ प्रकारको भेरियन्ट पनि भेटिएको छ । जसको नाम बी.वान.सीक्स वान एड राखिएको छ । यसलाई त्रिपल म्युटेन्ट पनि भन्ने गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);