नेपालमा पनि जडान भयो कोरोनाका नयाँ भेरियन्ट पत्ता लगाउने मेसिन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालमा पनि जडान भयो कोरोनाका नयाँ भेरियन्ट पत्ता लगाउने मेसिन

काठमाडौं । नेपालमा कोरोना भाइरसका कुनै नयाँ भेरियन्ट देखिएको नदेखिएको पत्ता लगाउने उपकरण जनस्वास्थ्य प्रयोगशालामा जडान गरिएको छ ।

पछिल्लो समय कोरानोका नयाँ प्रकार अर्थात् भेरियन्टहरु आइरहेको छ । जसका कारण महामारीले विकराल रुप लिँदै गएको छ । कोरोना भाइरसले आफ्नो रुप कति फे¥यो र नयाँ भेरियन्ट कुन देखा प¥यो भनी पत्ता लगाउन नेपालबाट स्वाबको नमूना विदेश पठाइने गरेको थियो ।

लक्षणका आधारमा शंकास्पद लागेका विरामीका स्वाब थप परीक्षणका लागि विदेश पठाइने गरेको छ । अब भने नयाँ भेरियन्ट पहिचान गर्ने मेसिन नेपालमै जडान गरिएको छ ।

सरकारको केन्द्रीय प्रयोगशालाका रुपमा रहेको जनस्वास्थ प्रयोगशालामा आजबाट परीक्षण मेसिन जडान गर्न थालिएको हो । ‘मेसिन राखिएको छ, सेटअप गर्ने काम भइरहेको छ’–प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले भने ।

नयाँ मेसिनबाट चाँडै नै परीक्षण थालिने सूचना अधिकारी गुप्ताको भनाई छ ।

नयाँ भेरियन्टका कोरोना भाइरसको पहिचान नेपालमै गर्न सकिने भएपछि स्वाव परीक्षण गर्न विदेश पठाउन नपर्ने उनको भनाइ छ । अहिलेसम्म नेपालमा पीसीआर टेष्ट गर्दा पोजेटिभ र नेगेटिभ मात्र पहिचान हुने गरेको थियो । प्रयोगशालामा जडान गरिएको नयाँ उपकरणले कोरोना भाइरसको भेरियन्ट ठम्याउने छ ।

कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टहरु विश्वभर थपिँदै गएका छन् । युके भेरियन्ट, भारतीय डबल र ट्रिपल म्युटेन्ट भेरियन्ट, दक्षिण अफ्रिकी भेरियन्ट र ब्राजिलियन भेरियन्ट विश्वभर फैलँदै गएको छ ।

आइ एन ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);