नेपालमा कोरोनाको नयाँ परिवर्तित भेरियन्ट भेटियो, सबै उमेर समूहलाई जोखिम रहेको स्वास्थ्य मन्त्रालयको ठहर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालमा कोरोनाको नयाँ परिवर्तित भेरियन्ट भेटियो, सबै उमेर समूहलाई जोखिम रहेको स्वास्थ्य मन्त्रालयको ठहर

काठमाडौँ । नेपालमा कोरोनाको नयाँ परिवर्तित भेरियण्ट अर्थात डेल्टा भेरियन्टको परिवर्तित रुप प्रमाणित भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति सावर्जनिक गर्दे गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२ र एउटा नमूनामा अल्फा भेरियन्ट प्रमाणित भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा डेल्टा भेरियन्ट पुष्टि भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन ए वाई. १ भनिने के १४१७ एन म्युटेसन भेटिएको बताइएको छ । हाल सम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको जनाएको छ ।

मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातिका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सतर्कता अपनाउन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति यस्तो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);