कोभिड–१९ का कारण योगको महत्व झनै बढेको छः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोभिड–१९ का कारण योगको महत्व झनै बढेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड – १९ संक्रमणको कारण योगको महत्व झनै बढेको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड – १९ संक्रमणको अवस्थाका कारण योगको महत्व झनै बढेको बताएका हुन् । उनले व्यक्तिलाई शारिरिक र मानसिक रुपमा स्वस्थ बनाउनको लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औल्याउदैँ जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आगामी पिँढीलाई सभ्यता सिकाउनुपर्नेमा जोड दिए । असभ्यता बढेको भन्दै त्यसलाई रोक्नुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइँलाई बढीमा दुइ वर्ष भित्र पराजित गर्ने पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);