गोरखा र स्याङजाका पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

गोरखा र स्याङजाका पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

कास्की । गोरखा र स्याङजाका पाँच जनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार एक प्रस विज्ञप्ति जारी गर्दै गोरखा र स्याङजका पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि गएको जेठ ३१ गते जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएका ५ वटा नमुनाहरुमा डेल्टा भेरियन्ट पुष्टि भएको हो ।

स्याङजाका १४ वर्षीय बालक र ६० वर्षीय पुरुषमा यो भेरियन्ट देखिएको हो भने गोरखाका ७०, ३३ र ४० वर्षीय महिलामा यो भेरियन्ट देखिएको हो । यो डेल्टा भेरियन्ट पहिलो अल्फा भेरियन्टभन्दा बढी संक्रमक भएकाले स्वास्थ्य निर्देशनालयले व्यक्तिगत सुरक्षा मापदण्ड अपनाई थप सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);