भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार २ सय ५६ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४ सय २२ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ८८ हजार १ सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ७८ हजार १ सय ९० सहित भारतमा जम्मा २ करोड ८८ लाख ४४ हजार १ सय ९९ ले कोरोना जित्न सफल भएका छन् ।

हाल भारतमा ७ लाख २ हजार ८ सय ८७ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म २८ करोड ३६ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);