भारतमा पछिल्लो २४ घण्टामा एक लाख १७ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारतमा पछिल्लो २४ घण्टामा एक लाख १७ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ४ सय ७१ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ हजार ७ सय २६ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ७७ हजार ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने एक लाख १७ हजार ५ सय २५ सहित भारतमा जम्मा २ करोड ८२ लाख ८० हजार ४ सय ७२ ले कोरोना जित्न सफल भएका छन् ।

हाल भारतमा ९ लाख १३ हजार ३ सय ७८ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म २५ करोड ९० लाख ४४ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);