म्यानमारकी प्रजातन्त्रबादी नेतृ सुचीमाथि लगाइएको भष्टाचार मुद्धाको सुनुवाई शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

म्यानमारकी प्रजातन्त्रबादी नेतृ सुचीमाथि लगाइएको भष्टाचार मुद्धाको सुनुवाई शुरु

एजेन्सी । म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुचीमाथि लगाइएको भ्रष्टाचार आरोपको मुद्दाको सुनुवाई शुरु भएको छ ।

आर्थिक अनियमितता, सुन र मोटो रकम घुस लिएको लगायतका आरोप खेपिरहनुभएकी सुचीमाथि दायर मुद्दाको सुनुवाई सुरु भएको हो । म्यानमारमा सेनाले कु गरेपछि नजरबन्दमा रहनुभएकी सुचीलाई सुनुवाईको लागि अदालत लगिएको छ ।

म्यानमारको सेनाले सुची लगाएत अन्य नेता तथा उच्च अधिकारीहरुमाथि पनि विभिन्न मुद्दा लगाएको छ । सुनुवाईकै क्रममा आज नेशनल लिग फर डेमोक्रेसीका एनएलडीका नेताहरु पनि उपस्थित हुने जनाइएको छ ।

नेतृ सुचीले देश, जनता, र प्रजातन्त्रका लागि गरेको योगदान र संघर्षका विरुद्धमा दाग लगाउन सैनिक सरकारले अनेक आरोप लगाइरहेको बिश्लेषण गरिएको छ । म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले बिभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिंदै सत्ता हत्याएको थियो ।

यदपी आफ्नो सरकारले छिट्टै निष्पक्ष निर्वाचन गराउने र सत्ता छोड्ने घोषणा सेनाले गरिसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);