डेल्टा भेरियन्टका कारण बेलायतमा थप चार सात लकडाउन गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

डेल्टा भेरियन्टका कारण बेलायतमा थप चार सात लकडाउन गर्ने निर्णय

एजेन्सी । बेलायतमा चार साताका लागि लकडाउन थप गर्ने भएको छ। डेल्टा भेरियन्ट संक्रमणको जोखिम नियन्त्रण गर्नका लागि बेलायत सरकारले थप लकडाउन गर्ने भएको छ । जुन २१ बाट पूर्णरुपमा लकडाउन हटाउने तयारी गरेको बलोयतले कोरोना नियन्त्रणका लागि भन्दै वरिष्ठ मन्त्रीहरुको सयुक्त पहलमा थप चार साताका लागि लकडाउन गर्ने निर्णय भएको बताइएको छ ।

बेलायतमा लकडाउन हटाउँदा संक्रमण बढ्न सक्ने जोखिम रहेको भन्दै विज्ञहरुले लकडाउन तत्काल नहटाउन सुझाव दिएका थिए। विज्ञहरुले पछिल्लो समय भारतमा सबैभन्दा पहिला फेला परेको डेल्टा भेरियन्टको संक्रमण नियन्त्रणका लागि थप कडाइ गर्नुपर्ने बताएका थिए। डेल्टा भेरियन्ट बेलायतमा भेटिएको अल्फा भेरियन्टभन्दा ६० प्रतिशत बढी संक्रामक मानिएको छ।

डेल्टा भेरियन्ट बेलायतमा भेटिएको अल्फा भेरियन्टभन्दा ६० प्रतिशत बढी संक्रामक मानिएको छ। यससँगै खेलकूदका कार्यक्रम, पब र सिनेमा हल सीमित क्षमतामा सञ्चालन गर्नुपर्नुपर्ने छ। यता, नाइट क्लब अझै बन्द रहनेछन्। विज्ञहरुले लकडाउन अझै लम्ब्याउँदै मानिसहरुलाई कोरोना खोपको लागि प्रेरित गर्नुपर्ने बताएका छन्। बेलायतमा पछिल्लो समय कोरोनाको संक्रमण बढिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);