संक्रमण बढेसँगै इन्डोनेसियाको जाभा र बालीमा दुई साता लकडाउन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

संक्रमण बढेसँगै इन्डोनेसियाको जाभा र बालीमा दुई साता लकडाउन

एजेन्सी । कोरोना संक्रमणको जोखिम बढेसँगै इन्डोनेसियाको जाभा र बालीमा लकडाउनको घोषणा गरिएको छ ।

इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले संक्रमण बढेको भन्दै यी दुई शहरमा दुई साताका लागि लकडाउन घोषणा गरेका हुन् ।

हाल दैनिक संक्रमित संख्या २० हजारभन्दा बढी रहेका बेला यस लकडाउनबाट दैनिक संक्रमित संख्या १० हजार भन्दा कम पु-याउने लक्ष्य लिइएको छ ।

पछिल्लो समयमा इन्डोनेसियामा होलिडे ट्राभल र डेल्टा भेरियन्टका कारण कोरोना संक्रमित संख्या बढेको बताइएको छ । विज्ञहरुले भने जकार्ता बाहेक अन्य स्थानमा पर्याप्त कोभिड परीक्षण नभएको भन्दै संक्रमित संख्या अझै बढ्न सक्ने बताएका छन् ।

लकडाउन अवधिमा अत्यावश्यक बाहेकका अन्य सबै कर्मचारीले घरबाटै काम गर्नु पर्ने र विद्यालयहरुमा स्वास्थ्य मापदण्ड पालना गरेर पढाइनु पर्ने छ । मल, प्रार्थना क्षेत्र तथा पार्कहरु पनि बन्द रहने छन् ।

दक्षिण पूर्वी एसियाली मुलुकहरुमा इन्डोनेसिया धेरै संक्रमित संख्या भएको मुलुक हो । इन्डोनेसियामा २१ लाख ७८ हजार भन्दाबढी कोरोना संक्रमित भएका छन् भने ५८ हजारभन्दा बढीले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यहाँ दुई लाख ३९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);