चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुरा, राजधानी बेइजिङ लगायत देशभर विविध कार्यक्रमको आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुरा, राजधानी बेइजिङ लगायत देशभर विविध कार्यक्रमको आयोजना

एजेन्सी । चीनले आफ्नो सत्तारुढ कम्युनिष्ट पार्टीको स्थापनाको शतवार्षिकीको मनाइरहेको छ ।



चीनको राजधानी बेइजिङमा भव्य समारोहको आयोजना गरी पार्टी स्थापनाको शतवार्षिकीको बनाएको हो । स्थानीय समयअनुसार ८ बजेदेखि मनाउन थालिएको शतवार्षिकी समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका अलावा सत्तारूढ पार्टीले एक सय वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरूको प्रदर्शनी पनि समावेश छन् ।

थ्यानआनमन भएको विशेष समारोहमा राष्ट्रिय झण्डोत्तोलनका साथै १ सय तोपको सलामी अर्पण गरिएको थियो भने आकाशमा विमानले १०० को आकृतिका साथ उडान प्रदर्शनी गरेका थिए ।

साथै उक्त कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्रपति एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा सीले सबैको मेहनत तथा संघर्षपश्चात चीनले खुशीयालीयुक्त समाज निर्माण पूरा गरेको बताउँदै समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अघि बढिरहेको बताएका छन् ।

सन् १९२१ जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);