नेकपा स्थापना दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

नेकपा स्थापना दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस, नेपालमा कम्युनिस्ट आन्दोलनको संगठनात्मक सुरुवात भएको दिनको स्मरणमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको पहलमा कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरिएको थियो ।

स्थापनाको सात दशकको इतिहासमा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो ।

नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओवादीले हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए । सिद्धान्ततः मार्क्सवाद र लेलिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिष्ट पार्टी कार्यशैली र विचारधारागत मतभेदका कारण विभिन्न टुक्रामा विभाजित छन् ।

यदपी आज स्थापना दिवस भएपनि कोरोना महामारीका कारण सरकारले लागू गरेको जनस्वास्थ्य मापदण्डका कारण ठूला कार्यक्रम आयोजना भने नहुने कम्युनिष्ट पार्टीहरुले जनाएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);