कार्ल मार्क्सको जन्मजयन्ती नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कार्ल मार्क्सको जन्मजयन्ती नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो

फूलमाया आले
काठमाडौं, २२ वैशाख । जर्मनीमा सन् १८१८ मे ५ तारिखमा जन्मिएका कार्ल माक्र्सको जन्मजयन्ती नेपालका कम्युनिष्टहरुले पनि विविध कार्यक्रम गरी मनाए । नेपालका दर्जनभन्दा बढी राजनीतिक दलले माक्र्सको बिचारलाई पथप्रदर्शक सिद्धान्तका रुपमा मान्ने गरेका छन् ।

युरोपको तत्कालीन समाज र अर्थतन्त्रको अध्ययनमा होमिएका कार्ल माक्र्सले आइडियोलोजी, दास क्यापिटलदेखि कम्युनिष्ट घोषणापत्र समेत लेखेका थिए । माक्र्सको पूँजी सर्वाधिक महत्वको कृति मानिएको छ । उत्पादन प्रविधिका बारेमा विश्लेषण गरिएको यो कृति अर्थशास्त्रको दृष्टिले अति महत्व मानिन्छ ।

माक्र्सले फ्रेडरिक एंगेल्ससँगको सहकार्यमा कम्युनिस्ट घोषणापत्र लेखेका थिए । सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र प्रकाशित भएको थियो । माक्र्सको कम्युनिष्ट घोषणापत्रमा वर्गविहिन समाजको परिकल्पना गरिएको छ ।

उनै कार्ल माक्र्सको जन्मजयन्तीको अवसर पारेर नेपालका कम्पुनिष्ट पार्टीहरुले पनि विभिन्न कार्यक्रम आयोजना गरे । नेकपा एमालेद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा नेताहरुले समाज परिवर्तन गर्न माक्र्सलाई बुझ्न जरुरी रहेको बताए ।

माक्र्सलाई उनको विचारका कारण जर्मन सरकारले त्यहाँ बस्न नदिए पछि फ्रान्स, बेल्जियम र बेलायतमा निर्वासित जीवन बिताएका थिए । तिनै देशमा बसेर उनले आफ्नो बिचारलाई संसारभर फैलाएका थिए ।

माक्र्स र एंगेल्सले एकपछि अर्को गर्दै आफ्नो राजनीतिक दर्शनमा सैद्धान्तिक धारा प्रष्ट पारेका थिए । माक्र्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद दर्शन विगतमा मात्रै होइन वर्तमानमा पनि त्यतीकै उपयोगि मानिन्छ ।

पहिलो विश्व युद्धपछि युरोपमा माक्र्सवादी विचारधारा स्थापित भएपनि नेपालमा भने कम्युनिस्ट पार्टीको स्थापना हुन थप समय लाग्यो । राणा शासनविरुद्ध सशक्त जनमत बनिरहेका बेला सन् १९४९ अप्रिल २२ मा मात्र पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो ।

माक्र्सले जहिले पनि समृृद्ध र सुखी समाजको परिकल्पना गरेकाले माक्र्सवादीहरु अधिनायकवादी नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ छ ।

पछिल्लो समय नेपालमा पनि माक्र्सवादी दर्शन मजुबत हुँदै गएको छ । संसदमा पहिलो र दोस्रो दलका रुपमा रहेका नेकपा एमाले र माओवादी केन्द्र एकीकरणको चरणमा छन् । दुवै दलले एकीकरणका लागि माक्र्सवाद र लेनिनवादलाई मुख्य आधार बनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);