राष्ट्रपति शी जिनपिङले आफ्ना विरोधीलाई दिए कडा शब्दमा चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

राष्ट्रपति शी जिनपिङले आफ्ना विरोधीलाई दिए कडा शब्दमा चेतावनी

Xi-Jinping Nepal visit

एजेन्सी चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी समारोहमा राष्ट्रपति शी जिनपिङले आफ्ना विरोधीलाई कडा शब्दमा चेतावनी दिएका छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १ सय बर्ष पुगेको अवसरमा बिहिबार विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति शीले आफ्ना विरोधीलाई कडा शब्दमा चेतावनी दिएको हो ।

करिब ७० हजार चिनियाको उपस्थितामा राष्ट्रपति शीले चिनियाँ जनताको बलियो इच्छाशक्ति, उद्देश्य र बेजोड शक्तिलाई विश्वमा कुनै पनि मुलुकले कम आँक्न नसक्ने बताए । यदि कुनै विदेशी शक्तिले दवाउने प्रयास गर्छ भने चीनका १ अर्ब ४० करोड जनताको एकीकृत शक्तिसँग जुध्नुपर्ने राष्ट्रपति शीले स्पष्ट गरे ।

माओ त्सेतुङपछि चीनका सबैभन्दा शक्तिशाली नेता मानिएका राष्ट्रपति शी जिनपिङले सधैं शान्ति, विश्वव्यापी विकास र अन्तर्राष्ट्रिय व्यवस्थालाई सुरक्षित राख्ने प्रयास गरिरहेको उल्लेख गरे । विशेष समारोहमा चिनियाँ सैन्य शक्ति समेत प्रदर्शन गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);