चीनका राष्ट्रपति सीसँग किन भेट्न चाहन्छन् जेलेन्स्की | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

चीनका राष्ट्रपति सीसँग किन भेट्न चाहन्छन् जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि चीनले पेश गरेको शान्ति योजनाबारे आफू राष्ट्रपति सी जिनपिंगसँग भेटवार्ता गर्न चाहेको बताउनुभएको छ ।

युक्रेनविरुद्ध रुसले सुरु गरेको विशेष सैन्य अभियान एक बर्ष पूरा भएको सन्दर्भमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले शान्तिका लागि चिनियाँ योजनामा छलफल गर्न खोजेको बताउनुभयो । चीनले रुसमा हतियार आपूर्ति नगर्ने विषयमा आफू विश्वस्त हुन चाहेको उहाँको भनाइ थियो । चीनले शुक्रबार युक्रेन संकटको राजनीतिक समाधानमा चिनियाँ भूमिका विषयक एक दस्तावेज सार्वजनिक गरेको थियो । सो दस्ताबेजमा युक्रेनमा शान्तिको विषयमा चर्चा गर्दै छलफलको माध्यमबाट वर्तमान संकटको समाधान गर्न सकिने उल्लेख छ ।

१२ बुँदे सूत्रमा रुसले युक्रेनबाट आफ्नो सेना हटाउनु पर्ने पनि भनिएको छ । दस्तावेजमा पश्चिामा मुलुकतर्फ संकेत गर्दै चीनले एकतर्फी प्रतिबन्धको कडा शब्दमा आलोचना गरेको छ । चिनियाँ अधिकारीहरुले जेलेन्स्कीको भनाइप्रति राष्ट्रपति सी जिनपिङले कुनै प्रतिक्रिया नदिएको जनाएको छ । यसैबीच रुसले शान्ति योजनाको स्वागत गर्दै चिनियाँ धारणाप्रति सहमत रहेको प्रतिक्रिया दिएकोे छ ।

यसैसाता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनले चीन रुसलाई हतियार आपूर्ति गर्नेबारे सोचिरहेको आरोप लगाउनुभएको थियो । उता अमेरिकी राष्ट्रपति जो बाइडनले एक टेलिभिजन कार्यक्रममा चिनियाँ शान्ति प्रस्तावबारे सोधिएको प्रश्नको जवाफ दिँदै पुटिन खुसी भएको प्रस्तावलाई राम्रो मान्न नसकिने आशयको जवाफ दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);