भारतले नेपाली भूमी गाभेको विषयमा चीनको यस्तो आयो प्रतिक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतले नेपाली भूमी गाभेको विषयमा चीनको यस्तो आयो प्रतिक्रिया

CHIN

काठमाडौं, २९ कात्तिक । भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि प्रतिक्रिया दिएको छ । बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ताको माध्यमबाट टुंग्याउनुपर्नेमा जोड दिएको छ ।

चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट जारी विज्ञप्तिमा चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको स्पष्ट पार्दै कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यमबाट समाधान गर्न सदिच्छा व्यक्त गरिएको छ । दूतावासको विज्ञप्तिमा चीनले पनि नेपालको सीमा मिचेको भन्ने समाचार प्रति दुख व्यक्त गर्दै यस्ता समाचार आरोप आधारहीन भएको उल्लेख छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको समेत विज्ञप्तिमा जनाइएको छ । चीनले बाहिरी हस्तक्षेपको अवज्ञा गर्दै सीमा सम्बन्धी मामिलामा सहकार्य थप सुदृढ गर्न र नेपालसँग साझा विकास प्रवद्र्धन गर्न चाहेको चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);