चीनले फेरि भन्यो : नेपालसँग सीमा विवाद छैन | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

चीनले फेरि भन्यो : नेपालसँग सीमा विवाद छैन

काठमाडौँ । चीनले फेरि एक पटक नेपालसँग कुनै पनि स्थानमा सीमा विवाद नरहेको दाबी गरेको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सियाओलोङले एक भनाई सार्वजनिक गर्दै नेपालसँग कुनै पनि सीमा समस्या नरहेको प्रष्ट पारेका हुन् । चिनियाँ राजदूतावासले गत वर्ष पनि यस्तै भनाई सार्वजनिक गरेको थियो ।

तर नेपालको हुम्ला जिल्लाको सीमावर्ती क्षेत्रमा चीनसँग सीमा विवाद भएपछि नेपाल सरकारले अध्ययन कार्यदल बनाएको र उक्त कार्यदलले रिपोर्टसमेत सरकारलाई दिइसकेको छ । गृह मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पुगिसकेको छ । मन्त्रालयले भने उक्त कार्यदलको रिपोर्टलाई सार्वजनिक गरेको छैन । यसैबीचमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच पनि भर्चुअल रुपमा सीमासहित अन्य विषयमा वार्ता कुराकानी भइसकेको छ ।

नेपालको भारतसँग सीमा समस्या जारी रहेको र पछिल्लो समय उक्त समस्या झन् चर्किरहेका बेलामा चिनियाँ दूतावासले नेपालसँगको सीमा समस्या नरहेको दोहोर्‍याएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);