भारतसँग सीमा विवाद कम गर्न चीन तयार : विदेशमन्त्री वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

भारतसँग सीमा विवाद कम गर्न चीन तयार : विदेशमन्त्री वाङ

एजेन्सी, २७ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन सरकार भारतसँगको सीमा विवाद कम गर्न तयार रहेको बताउनु भएको छ । विदेशमन्त्री वाङले चिनियाँ सरकार वास्तविक नियन्त्रण रेखामा भारतसँगको तनाव कम गर्न ‘ठोस कदम चाल्न’ इच्छुक रहेको बताउनु भएको हो ।

रुसको राजधानी मस्कोमा रसियन विदेशमन्त्री सर्गेई लावरोवसँगको संयुक्त प्रेस सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङले वास्तविक नियन्त्रण रेखा एलएसीबाट सेना र सैनिक सामाग्री तत्काल हटाउनुपर्नेमा जोड दिनुभयो । भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएपछि विदेशमन्त्री वाङले उक्त कुरा बताउनु भएको हो ।

यसअघि विदेशमन्त्री वाङ र भारतीय समकक्षी एस जयशंकरबीच मस्कोमा भेटवार्ता भएको थियो । सो भेटवार्तामा दुई देशबीचको सीमा विवादको समस्या समाधान गर्ने विषयमा छलफल भएको थियो । विदेशमन्त्री वाङले ब्रिक्स सदस्य देश चीन र भारतले लगातार तनावका विषयमा छलफल गरिरहेको पनि उल्लेख गर्नुभयो ।

भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको छलफलको प्रसंग उल्लेख गर्दै उहाँले दुवै देश शान्तिको पक्षमा प्रतिबद्ध रहेको बताउनु भयो । त्यसका लागि दुवै मुलुकले वास्तविक नियन्त्रण रेखाबाट तत्काल सेना, हतियार र युद्ध सामाग्रीहरु हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);