किन आउँदै छन् चीनका विदेशमन्त्री नेपालमा ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

किन आउँदै छन् चीनका विदेशमन्त्री नेपालमा ?

भारतीय विदेशमन्त्रीले नेपाल भ्रमण गरेको दुइ हप्ता नबित्दै चीनका विदेशमन्त्री नेपाल आउने –

काठमाडौं, २१ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी आईतबार (भोली) नेपाल भ्रमणमा आउनु हुने भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चिनियाँ समकक्षी वाङ आफ्नो निमन्त्रणमा भोलीबाट नेपालको तीन दिने औंपचारिक भ्रमण आउनु लाग्नु भएको जानकारी गराउनु भएको हो ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शिर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नु हुनेछ । भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताउनु भयो ।

उहाँले चीनको विकासबाट नेपालले बढिभन्दा बढि लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना पनि बताउनु भयो ।

छलफलमा विगतमा गरिएका रेल सेवा संचालन, पारवहन सम्झौताको कार्यान्वयनका विषयलाई पनि जोड दिन लागिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरेको दुइ हप्ता नबित्दै चीनका विदेशमन्त्री वाङले पनि नेपालको औंपचारिक भ्रमण गन लाग्नु भएको हो । चिनियाँ विदेशमन्त्री वाङको सो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने तय भएपनि समय भने निश्चित नभएको स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);