सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो

काठमाडौं, २३ मंसिर ।। सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । योसँगै सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर कायम भएको छ । यसअघि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर थियो । मंगलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गरेका हुन् ।

सगरमाथाको नयाँ उचाई घोषणा गर्ने क्रममा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा नेपाल र चीनको सम्बन्धको प्रतिक भएको बताउनुभएको हो । यस्तै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीनले एक वर्षसम्म संयुक्त रुपमा गरेको कामले सफलता प्राप्त गरेको बताउनुभएको छ ।

चिनियाँ विदेशमन्त्री भिडियो कन्फ्रेन्समार्फत सहभागी हुनुभएको थियो । विदेशमन्त्री वाङ यीले दुई देशबीचको सम्बन्ध यसैगरि विश्वासका साथ अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);