अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापकको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापकको हत्या

goli

मोरङ, २३ मंसिर । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं १ मा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको हत्या भएको छ । मंगलबार बिहान अज्ञात समूहले श्री सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेको गाउँपालिकाका उपप्रमुख सरला राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार मंगलबार बिहान ५ बजे घरबाटै लगेर करिब ९ बजे उनको हत्या गरिएको हो । उनको शव घरबाट टाढा भेटिएको भन्ने खबर पाएको उपप्रमुख राईले बताउनुभयो । घटनास्थल विकट ठाउँ भएकाले त्यहा पुग्न दुई देखि तीन घण्टा लाग्ने उहाँले जानकारी दिनुभयो ।

स्थानीयले भने हत्यामा प्रतिबन्धित विप्लव समूहको हात रहेको अरोप लगाएका छन् । स्थानीय रुपमा हिँडिराख्ने विप्लवकार्यका कार्यकर्तले नै उहाँलाई लगेको भने पनि यसबारे यकीन नभएको राईको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);