श्रीलंकामा कैदी चढेको बसमा अज्ञात ब्यक्तिद्वारा गोली प्रहार, सात जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

श्रीलंकामा कैदी चढेको बसमा अज्ञात ब्यक्तिद्वारा गोली प्रहार, सात जनाको मृत्यु

१७ फाल्गुन काठमाडौं । श्रीलंकामा कैदी चढेको बसमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी सात जनाको हत्या गरेको छ ।

श्रीलंकामा कैदी चढेको बसमा अज्ञात ब्यक्तिद्वारा गोली प्रहार

१७ फाल्गुन काठमाडौं । श्रीलंकामा कैदी चढेको बसमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी सात जनाको हत्या गरेको छ ।

श्रीलंकाको राजधानी कोलम्बोभन्दा केही टाढा रहेको बन्दीगृहका कैदीलाई अदालत लैजाने क्रममा अज्ञात समुहले गोली प्रहार गरेका थिए । मारिनेमा पाँच जना कैदी बन्दी र दुई जना सुरक्षाकर्मी रहेको जनाइएको छ । गोली हान्ने ब्यक्ति भने फरार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गोली प्रहारबाट अन्डरवल्र्डका दुईजना आरोपित समेत मारिएको जनाइएको छ ।  घटना कसले गराएको भन्ने नखुलेको र अनुसन्धान भइरहेको त्यहाँका सुरक्षाकर्मीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);