अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा ३को मृत्यु, १५ घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा ३को मृत्यु, १५ घाईते

एजेन्सी, १३ साउन । अमेरिकाको क्यालिफोर्नियामा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ । क्यालिफोर्नियाको गिलरोयमा भएको ‘गार्लिक फुड मेलामा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा उनीहरुको ज्यान गएको हो । घटनामा १५ जना घाइते भएका छन् ।

अन्दाजी ३० वर्षका व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको र उनी पनि जवाफी कारबाहीमा मारिएको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै घटनाप्रति खेद प्रकट गरेका छन् । उनले सबैलाई सुरक्षित रहन र धैर्यधारण गर्न अपील गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);