काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारीले आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारीले आक्रमण

अफगानिस्तानको काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् ।

afagasthan ko hotel

एनेन्सी, ७ माघ । अफगानिस्तानको काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् ।

पाँच बन्दुकधारीले गएराति होटलमा प्रवेश गरेर पाहुनामाथि अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । काबुलस्थित अमेरिकी दूतावासले अतिवादी समूहले शहरका होटलमा आक्रमणको योजना बनाएको भन्दै सचेत हुन आग्रह गरेको दुई दिनपछि इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारीले आक्रमण गरेका हुन् । बन्दुकधारीले गोली प्रहार गरेपछि सुरक्षाकर्मीले गरेको जवाफी कारवाहीमा दुई बन्दुकधारी मारिएका छन् । घटनामा पाँच जना घाइते भएका छन् ।

घटनापछि होटल खाली गराइएको छ भने होटल वरिपरिको सुरक्षा ब्यबस्था कडा बनाइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । इन्टरकन्टिनेन्टल होटलमा सात वर्षपहिले सन् २०११ मा तालीवानी बिद्रोहीले आक्रमण गर्दा २१ जनाको ज्यान गएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);