अफगानिस्तानको रक्षा मन्त्रीको घरमा हतियारधारीको आक्रमण, ४ काे मृत्यु, ११ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अफगानिस्तानको रक्षा मन्त्रीको घरमा हतियारधारीको आक्रमण, ४ काे मृत्यु, ११ घाइते

एजेन्सी । अफगानिस्तानका रक्षा मन्त्रीको घरमा हतियारधारीले आक्रमण गर्दा चारजनाको मृत्यु भएको छ ।

उच्च सुरक्षा व्यवस्था रहेको काबुलस्थित रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको हो । आक्रमणका बेला मन्त्री बिस्मिल्लाह भने घरमा नभएको बताइएको छ । इटालियन मेडिकल च्यारिटी इमर्जेन्सीले अरु ११ जना घाइतेलाई आफ्नो स्वास्थ्य केन्द्रमा ल्याइएको जनाएको छ ।

साथै चार आक्रमणकारी पनि मारिएको उल्लेख छ । बन्दुकधारीले बिस्मिल्लाहको घरमा कार बम बिस्फोट गराउनुका साथै गोली प्रहार गरेका हुन् । मन्त्री बिस्मिल्लाहको परिवारलाई सुरक्षित रुपमा त्यहाँबाट निकालिएको र आक्रमणकारीहरु मारिएको सुरक्षा बलले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अफगानिस्तानका प्रमुख शहरहरुमा सरकारी सुरक्षा बल र तालिबान लडाकुबिच भिडन्त जारी रहेका बेला आक्रमण भएको हो । आक्रमणपछि मन्त्री बिस्मिल्लाहले ट्वीट गरेर सबै कुरा राम्रो रहेको र चिन्ता नलिन आग्रह गर्नुभएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले रक्षा मन्त्री बिस्मिल्लाहको घरमा भएको आक्रमण तालिबान आक्रमणको सम्पूर्ण संकेत रहेको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);