पाकिस्तानमा बन्दुकधारीको आक्रमण, एक सुरक्षाकर्मीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाकिस्तानमा बन्दुकधारीको आक्रमण, एक सुरक्षाकर्मीको मृत्यु

pakisthan bom

काठमाडौं, २९ बैशाख । पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले आक्रमण गरेका छन् ।

बलुचिस्तानको ग्वादरमा रहेको पाँच तारे होटल जावेर पर्ल कन्टिनेन्टलमा बन्दुकारीले आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीन बन्दुकधारीले गरेको आक्रमणमा कम्तिमा एकजनाको मृत्यु भएको छ । रमजान तथा बिदाका कारण होटलमा पाहुना नभएकोले थप मानविय क्षति हुन नपाएको अधिकारीहरुले जनाएका छन् । र कर्मचारी पनि कम भएकाले हताहती धेरै नभएको होटलका एक प्रवक्ताले बताएका छन् ।

स्थानीय पृथकतावादी समूह बलुचिस्तान लिब्रेशन आर्मी (बिएलए) ले आक्रमणको जिम्मा लिएको छ । चीनसहितका विदेशी शक्तिबाट देशमा भइरहेको लगानीको विरोध र त्यस्ता लगानीलाई निशाना बनाउने क्रममा आक्रमण गरिएको दाबी बिएलएले गरेको छ । स्थानीय समय अनुसार शनिबार बेलुका चार बजेर ५० मिनेट जाँदा होटलमा आक्रमण भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);