भारतमा छैटौ चरणको निर्वाचन सम्पन्न, ५९ लोकसभा सदस्य चयनका लागि मतदान | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

भारतमा छैटौ चरणको निर्वाचन सम्पन्न, ५९ लोकसभा सदस्य चयनका लागि मतदान

पाँचौ चरणको निर्वाचन

केशव शर्मा

काठमाडौं, २९ बैशाख । अप्रिल ११ तारिखवाट सुरु भएको भारतको लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैटौ चरणको निर्वाचन सम्पन्न भएको छ । भारतको राजधानी रहेको शहर दिल्लीसहित सात राज्यका ५९ लोकसभा सिटका लागि आइतबार मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

विश्वकै सवैभन्दा ठूलो लोकतान्त्रिक मूलुक भारतमा अप्रिल ११ तारिखबाट सुरु भएको लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैटौ चरणको निर्वाचन सम्पन्न भएको छ । यो चरणमा उत्तर प्रदेशका १४, हरियाणाका सबै १०, बिहारका ८, पश्चिम बंगालका ८, मध्य प्रदेशका ८, दिल्लीका ७ र झारखण्डका ४ सिटमा मतदान भएको हो । छैटौ चरणको आइतबार सम्पन्न भएको निर्वाचनले शीला दीक्षित, विजेन्दर सिंह, गौतम गम्भीर, आतिशी मार्लेना, अजय माकन जस्ता नेताहरुको भाग्य फैसला गर्नेछ । आइतवारनै भएको उत्तर प्रदेशको आजमगढ समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र भाजपाका दिनेश यादवबिच कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।

यस्तै केन्द्रीय मन्त्री मेनका गान्धी सुल्तानपुर सिटबाट चुनावी मैदानमा छन्, जहाँ आइतवार नै चुनाव सकिएको छ । केन्द्रिय स्तरका प्रभावशाली नेताहरुको चुनावी क्षेत्र भएकोले आइतवारको चुनावलाई भारतलगाएत छिमेकी देशहरुले समेत चासोका साथ हेरेका छन । यद्यपी कस्को पोल्टामा कति मत खस्यो भन्ने कुराको जवाफ भने सातौ चरणको चुनाव सम्पन्न भएपछि हुने मतगणना पछि मात्रै थाहा हुनेछ । यसअघि आइतवार निर्वाचन भएका क्षेत्रमा सन २०१४ मा भएको निर्वाचनमा भाजपाले बहुमत हासिल गरेको थियो । यता बिहारमा केन्द्रीय मन्त्री राधामोहन सिंह पूर्वी चम्पारणबाट चुनावी मैदानमा छन् । उनी त्यहाँबाट पाँचपटक सांसद बनेका छन् । मध्य प्रदेशका ८ मध्ये भोपालको प्रतिस्पर्धा रोमाञ्चक छ । भाजपाको गढ ठानिएको भोपालमा कांग्रेसका दिग्विजय सिंह मैदानमा छन्, उनी १६ वर्षपछि चुनावी मैदानमा उत्रिएका हुन् । भाजपाका तर्फबाट साध्वी प्रज्ञा चुनावी मैदानमा छन् । छैटौ चरणको चुनाव सम्पन्न भएसंगै ४ सय ८४ सिटमा मतदान सम्पन्न भएको छ ।

विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासको उत्सव मानिएको भारतीय लोकसभा चुनाव सात चरणमा भइरहेको हो । यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५ सय ४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि छ । भारत सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१÷५२ मा चुनाव भएको थियो । अहिले चुनावमा मतदान योग्य रहेका मतदाताको संख्या अमेरिकाको भन्दा झण्डै चार गुणा बढि हो । प्रजातान्त्रिक अभ्यास गर्ने देशमा भारतपछि अमेरिका जनसंख्या तथा मतदाताका हिसाबले दोस्रो स्थानमा रहेको छ । भारतमा जारी रहेको यो लोकसभा निर्वाचनमा जुन पार्टीले बहुमत हासिल गर्छ उसले आगामी पाँच वर्ष विश्वको ठूलो प्रजातान्त्रिक देशको नेतृत्व सम्हाल्ने छ ।

यसलाई अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको समीक्षाका रुपमा पनि लिइएको छ । अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्तिशाली राष्ट्रमा पर्छ । अहिले भारतको जनसंख्या १ दशमलव ३४ बिलियन भन्दा बढि रहेको छ । किसानका समस्या, गरिबी र बेरोजगारी भारतको सबैभन्दा ठूलो चुनौति रहेको छ । त्यसैले भारतका प्रमुख पार्टीहरुले यिनै मुद्याहरुलाई प्रमुख चुनावी मुद्याका रुपमा उठाएका छन् । सन् २०१४ को लोकसभा निर्वाचनपछि ८ करोड ३ लाख मतदाता थपिएका छन् । सात चरणमा हुने चुनावका लागि १० लाख मतदान केन्द्र तोकिएका छन् । मे १९ अर्थात ३९ दिन लगाएर हुने मतदानको मतगणना मे २३ हुने कार्यतालिका रहेको छ । भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन रहेका छन् । ५ सय ४३ सिट रहेको लोकसभामा बहुमतका लागि कम्तिमा २ सय ७२ सिटको आवश्यक्ता पर्दछ । सत्ताधारी भाजपा, प्रमुख प्रतिपक्षी कांग्रेस वा अन्य दलहरुले सरकार गठनका लागि कस्तो उपस्थिति जनाउलान् यो हेर्नका लागि भने आगामी मे २३ देखि हुने मतगणनाको नतिजा कुर्नुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);