भारतमा अन्तिम चरणको मतदान सम्पन्न : आगामी बिहीवार मतपरिणाम सार्वजनिक हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा अन्तिम चरणको मतदान सम्पन्न : आगामी बिहीवार मतपरिणाम सार्वजनिक हुने

९० करोड भन्दा बढि भारतीयले लोकसभामा मतदान गरे

५ सय ४३ सिट रहेको लोकसभामा बहुमतका लागि कम्तिमा २ सय ७२ सिटको आवश्यक्ता

एजेन्सी, ५ जेठ । भारतमा आइतवार लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान सम्पन्न भएको छ । भारतमा गएको अप्रिल ११ तारिखबाट लोकसभाको चुनाव सुरु भएको थियो । आइतबार सम्पन्न अन्तिम चरणको मतदानले प्रधानमन्त्री नरेन्द्र मोदी सहित भारतका प्रभावशाली नेताहरुको भाग्यको फैसला हुनेछ । सबै चरणको निर्वाचन सकिएसंगै मतगणनाको परिणाम आउँदो बिहीवार सार्वजनिक गरिने जनाइएको छ ।

भारतमा लोकसभा निर्वाचन अन्तरगत आइतवार सातौ अर्थात अन्तिम चरणको मतदान सम्पन्न भएको हो । विश्वकै ठूलो प्रजातान्त्रिक देश भारतमा सात चरणमा गरेर लोकसभा निर्वाचन सम्पन्न भएको हो । ठूलो देश भएकाले एकैपटक सबै राज्यमा निर्वाचन गर्न कठिनाई भएपछि भारतले सातचरण गरेर निर्वाचन सकेको हो । भारतमा यसपटक निर्वाचनका लागि ३९ दिन लामो कार्यतालिका रहेको थियो । आइतवार अन्तिम चरणको निर्वाचन सकिएसंगै आगामी बिहिवार मतपरिणाम सार्वजनिक हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी अन्तिमचरणको निर्वाचनमा बाराणसीबाट उम्मेदवार बनेका छन् । यो निर्वाचनले प्रधानमन्त्री नरेन्द्र मोदी सहितका भारतका बिभिन्न प्रभावशाली नेताहरुको समेत भाग्य फैसला गर्नेछ । भारतमा बिभिन्न क्षेत्रियदलहरु रहेता पनि निर्वाचनमा भारतीय जनता पार्टी र भारतीय कांग्रेसपार्टीबीच प्रतिस्पर्धा रहेको जनाइएको छ । निर्वाचनले प्रधामन्त्री मोदीको ५ बर्षको कार्यकालको समीक्षा हुने समेत जनाइएको छ ।

५ सय ४३ सिट रहेको लोकसभामा बहुमतका लागि कम्तिमा २ सय ७२ सिटको आवश्यक्ता पर्दछ । अन्तिम चरणमा उत्तर प्रदेश, बिहार, पश्चिम बंगालसहितका सात राज्य र एक केन्द्र शासित राज्य सहित गरी ५९ सिटमा निर्वाचन भएको हो । यसअघि ६ चरणका निर्वाचन सम्पन्न भैसकेका थिए । यसपटकको चुनावमा ९० करोड भन्दा बढि भारतीय मतदाताले लोकसभा सिटका लागि मतदान गरेका छन् । यो निर्वाचनलाई प्रधानमन्त्री मोदीको समीक्षाका रुपमा पनि लिइएको छ ।

अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्ति राष्ट्रमा पर्छ । मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन् । सन् २०१४ को चुनावमा मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले २सय ८२ सिट जितेको थियो । यस्तै राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);