भारतमा अन्तिम चरणको मतदान सम्पन्न, मतपरिणाम बिहिबार सार्वजनिक गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतमा अन्तिम चरणको मतदान सम्पन्न, मतपरिणाम बिहिबार सार्वजनिक गरिने

bharat chunab sampanna

काठमाडौं, ६ जेठ । भारतमा आइतबार लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान सम्पन्न भएको छ । भारतमा गएको अप्रिल ११ तारिखबाट लोकसभाको चुनाव सुरु भएको थियो ।

आइतबार सम्पन्न अन्तिम चरणको मतदानले प्रधानमन्त्री नरेन्द्र मोदी सहित भारतका प्रभावशाली नेताहरुको भाग्यको फैसला हुनेछ । सबैचरणको निर्वाचन सकिएसंगै मतगणनाको परिणाम आउँदो बिहिवार सार्वजनिक गरिने जनाइएको छ । भारतमा यसपटक निर्वाचनका लागि ३९ दिन लामो कार्यतालिका रहेको थियो । आइतबार अन्तिम चरणको निर्वाचन सकिएसंगै आगामी बिहिवार मतपरिणाम सार्वजनिक हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी अन्तिमचरणको निर्वाचनमा बाराणसीबाट उम्मेदवार बनेका थिए । यो निर्वाचनले प्रधानमन्त्री नरेन्द्र मोदी सहितका भारतका विभिन्न
प्रभावशाली नेताहरुको समेत भाग्य फैसला गर्नेछ । भारतमा बिभिन्न क्षेत्रियदलहरु रहेता पनि निर्वाचनमा भारतीय जनता पार्टी र भारतीय कांग्रेसपार्टीबीच प्रतिस्पर्धा रहेको जनाइएको छ ।

निर्वाचनले प्रधानमन्त्री मोदीको ५ बर्षको कार्यकालको समीक्षा हुने समेत जनाइएको छ । ५ सय ४३ सिट रहेको लोकसभामा बहुमतका लागि कम्तिमा २ सय ७२ सिटको आवश्यक्ता पर्दछ ।

यसपटकको चुनावमा ९० करोड भन्दा बढि भारतीय मतदाताले लोकसभा सिटका लागि मतदान गरेका छन । यो निर्वाचनलाई प्रधानमन्त्री मोदीको समीक्षाका रुपमा पनि लिइएको छ ।अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्ति राष्ट्रमा पर्छ ।

मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन् । सन् २०१४ को चुनावमा मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले २सय ८२ सिट जितेको थियो । यस्तै राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);