नाइजरमा बन्दुकधारीको आक्रमणः ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

नाइजरमा बन्दुकधारीको आक्रमणः ८ जनाको मृत्यु

एजेन्सी, २६ साउन । अफ्रिकी देश नाइजरमा बन्दुकधारीले सहयताकर्मीमाथि आक्रमण गर्दा ८ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा ६ जना फ्रान्सेली नागरिक, उनीहरुका एक स्थानीय गाइड तथा एक ड्राइभर रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको तिलाबेरी क्षेत्रका गभर्नर टिड्जानी इब्राहिमले फ्रान्सेली समाचार संस्था एएफपीलाई बताएका छन् ।

फ्रान्सले आफ्ना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । फ्रान्सेली नागरिकले अन्तर्राष्ट्रिय सहयोग संस्थाका लागि काम गर्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);