सोमालियाको एक होटलमा भएको आत्मघाती आक्रमणमा परी २६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सोमालियाको एक होटलमा भएको आत्मघाती आक्रमणमा परी २६ जनाको मृत्यु

आक्रमणको जिम्मेवारी इस्लामिक समूह अल–शवावले लियो :

एजेन्सी, २८ असार । सोमालियाको एक होटलमा भएको आत्मघाती आक्रमणमा परी २६ जनाको मृत्यु भएको बिबिसीले जनाएकाे छ । दक्षिणी क्षेत्रमा रहेको एसासी होटलमा आत्मघाती आक्रमण हुँदा क्यानडियन–सोमाली टेलिभिजन पत्रकार होडन नालइहसहितको २६ जनाको मृत्यु भएको हो । घटनामा नालइहका श्रीमानको पनि मृत्यु भएको छ ।

आत्मघाती आक्रमणकारीले बिस्फोटक पदार्थसहितको कार किस्मायोमा रहेको एसासी होटलमा बिस्फोट गराएको प्रत्यक्षदर्शीले बताएका छन् । विस्फोटपछि केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।

आक्रमणको जिम्मेवारी इस्लामिक समूह अल–शवावले लिएको छ । आक्रमण भएका बेला होटलमा क्षेत्रीय राजनीतिज्ञ र नेताहरु थिए । उनीहरुले आउँदो क्षेत्रीय चुनावका बारेमा छलफल गरिरहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);