अमेरिकी ड्रोन आक्रमणमा काबुल विमानस्थल विस्फोटका योजनाकारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अमेरिकी ड्रोन आक्रमणमा काबुल विमानस्थल विस्फोटका योजनाकारको मृत्यु

एजेन्सी । अमेरिकी सेनाले अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकाले काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरी गरिएको हमलाको योजनाकारलाई मारेको उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताएका थिए।

इस्लामिक स्टेट खोरसान अर्थात आइएस–के भन्ने समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको थियो । इस्लामिक स्टेट समूहको एउटा तल्लो सङ्गठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकु समूह हो ।

बिहीबारको हमलापछि यो अफगानिस्तानमा गरिएको पहिलो ड्रोन हमला भएको जनाइएको छ । काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणहरूलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन्।

अधिकारीहरूले काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरी गरिएको हमलाको योजनाकारलाई निशाना बनाइएको जनाएका छन् ।

वरिष्ठ तालिबान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जानेवित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन्।

अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ।

अमेरिकाले प्रारम्भिक सङ्केतहरूले इस्लामिक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहत नभएको बताएको छ । सो समूहले काबुल विमानस्थल बाहिर रहेको महिला, पुरुष र बालबालिकाको भिडमा आत्मघाती विस्फोटन गराएको थियो।

देश छाड्ने प्रयासमा रहेका दर्जनौं अफगान नागरिक मारिएका थिए । अमेरिकी फौजबाहेक दुई ब्रिटिस नागरिक र ब्रिटिस नागरिकका एक सन्तान पनि आक्रमणमा मारिएका थिए ।

देश छाड्न आतुर अफगान नागरिकको बर्हिगर्मन प्रक्रियामा सघाउन अझै पनि करिब ५ हजार अमेरिकी फौज काबुल विमानस्थलमा खटिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);