अमेरिकाले काबुल विमानस्थलबाट देश छोड्न चाहने अफगानीहरुको उद्धार अभियान अन्तिम समयसम्म जारी राख्नस्पष्ट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अमेरिकाले काबुल विमानस्थलबाट देश छोड्न चाहने अफगानीहरुको उद्धार अभियान अन्तिम समयसम्म जारी राख्नस्पष्ट

एजेन्सी । अमेरिकाले काबुल विमानस्थलबाट देश छोड्न चाहने अफगानीहरुको उद्धार अभियान अन्तिम समयसम्म जारी राख्नस्पष्ट गरेको छ ।

इस्लामिक स्टेट आइएसको आक्रमणपछिको चासो र चिन्ताका बिच पनि अमेरिकाले उद्धार अभियान अन्तिम समयसम्म जारी राख्ने स्पष्ट गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

काबुल विमानस्थलको प्रवेश द्वार नजिक बिहीबारको विस्फोट पछि उद्धारका सवन्धमा अन्योल भएकाबेला अमेरीकाले यस्तो बताएको हो । बिस्फोटमा ज्यान गुमाउनेको संख्या १ सय ७० नाघेको र अझै पनि विमानस्थल आसपासको क्षेत्रमा आक्रमणको गम्भीर चुनौति र जोखिम रहे पनि अभियान जारी राख्ने अमेरिकाको भनाइ छ ।

अमेरिकाले अझै पनि अफगानीस्तान छोड्ने चाहनामा लाइन बसेका अफगानहरुको प्रक्रिया अघि बढाइरहेको छ । नेटोमा आवद्ध अधिकांश देशहरुले भने आफ्ना आकश्मिक उडानहरु बन्द गरिसकेका छन् ।

अहिले काबुल विमानस्थल अमेरिकी र बेलायती सैनिकको नियन्त्रणमा छ । झण्डै दुई हप्ता अघि हवाई उद्धार सुरु भएयता एक लाख ११ हजार भन्दा बढीलाई अफगानिस्तानबाट बाहिर पु-याएको ह्वाइट हाउसले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);