अमेरिकाले अफगानिस्तानबाट उद्धारका लागि व्यासायीक उडान प्रयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाले अफगानिस्तानबाट उद्धारका लागि व्यासायीक उडान प्रयोग गर्ने

एजेन्सी । अमेरिकाले अफगानिस्तानबाट उद्धारका लागि व्यासायीक उडान प्रयोग गर्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानबाट अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पु¥याउने जनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन् । अमेरीकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अझै धेरै काम पूरा गर्नुपर्ने बताए ।

अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरेको समेत बताइएको छ । अमेरिकी एअरलाईन्स, एट्लस एअरलाइन्स, डेल्टा एअरलाईन्स र ओम्नी एअरका तीन–तीनवटा र दुईवटा हवाइयन एअरलाईन्सका विमान उद्दारमा खटेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);