अफगानिस्तानमा जारी १८ वर्ष लामो युद्ध अन्त्य | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

अफगानिस्तानमा जारी १८ वर्ष लामो युद्ध अन्त्य

afa

एजेन्सी, १८ फागुन ।  अमेरिकाले अफगानिस्तानबाट हजारौं सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिबार सम्झौतामा हस्ताक्षर गरेको हो । कतारमा भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखिको द्वन्द्व अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएको छ ।

अमेरिका र तालिबानबीच भएको सम्झौताअन्तर्गत् यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम राखे अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन नेटोका साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौजहरूलाई अफगानिस्तानबाट फिर्ता गर्नेछन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र तालिबानका नेताहरू उक्त सम्झौता हस्ताक्षर कार्यक्रमका लागि कतार पुगेका थिए । शान्ति सम्झौतामा हस्ताक्षर हुनुअघि शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानहरूलाई दिगो शान्तिको सम्भावना अंगाल्न आह्वान गरेका थिए ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गरेको थियो ।