कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा पनि मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा पनि मृत्यु

corona virous

एजेन्सी, १८ फागुन । कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको छ ।

गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका एक ५० बर्षिय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका हुन् । यो घटनापछि वाशिङटनमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । जोखिमयुक्त क्षेत्रको सम्पर्कमा नआएका व्यक्तिको पनि कोरोनाका कारण मृत्यु भएपछि अमेरिकी स्वास्थ्य अधिकारी चिन्तित भएका छन् । अमेरिकामा कोराना भाइरस संक्रमित व्यक्तिको संख्या ६२ पुगेको छ ।

यसअघि कोरोनाको उद्गमस्थल चीनको बुहानमा अर्का एक अमेरिकी नागरिकको मृत्यु भएको थियो । कोरोनाका कारण आफ्नो देशका नागरिकको मृत्यु भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले यस्तो अन्य सम्भावित घटनाहरु हुन सक्ने भए पनि अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनले विश्वका ५७ देशमा कोरोना भाइरस देखापरेको र झण्डै ३ हजार व्यक्तिको मृत्यु भइसकेको जनाएका छन् । ८५ हजार व्यक्ति संक्रमित भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);