युवाहरूमा पनि कोरोनाको जोखिम उच्च रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

युवाहरूमा पनि कोरोनाको जोखिम उच्च रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी

corona

एजेन्सी, ८ चैत । विश्व स्वास्थ्य संगठन डब्ल्यु एच ओले युवाहरूमा पनि ‘कोरोना’को जोखिम रहेको भन्दै वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँग भेटघाट र कुराकानी नगर्न चेतावनी दिएको छ ।

कोरोना भाइरसबाट युवाहरूलाई जोखिम कम भएको विवरणबीच धेरै युवाहरूले स्वास्थ्य सुझाव पालना नगरेको समाचार आएपछि ‘डब्ल्यूएचओ’ले यस्तो चेतावनी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसले युवाहरूको व्यवहार अन्य व्यक्तिको लागि जीवन र मरणबीचको फरक हुनसक्ने उल्लेख गर्दै सचेत गराए ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय २६ पुग्यो

यसैबीच विश्वभर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय २६ पुगेको छ । अहिलेसम्म विश्वका १ सय ८० भन्दा बढी देशमा २ लाख ८३ हजार ६१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

इटालीमा ४ हजार ३२ को निधन

कोरोना भाइरसको संक्रमणबाट इटालीमा अहिलेसम्म ४ हजार ३२ जनाले ज्यान गुमाइसकेका छन । चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । त्यस्तै इरानमा १५ सय ५६, स्पेनमा १३ सय २६, फ्रान्समा ४ सय ५०, अमेरिकामा २ सय ७५, बेलायतमा १ सय ७७, नेदरल्याण्डमा १ सय ६, बेल्जियममा ६७। जर्मनीमा ७० जनाको कोोना भाइरसबाट मृत्यु भएसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);