भारतमा कोरोना संक्रमण भयावह, एकैदिन २ हजार बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा कोरोना संक्रमण भयावह, एकैदिन २ हजार बढीको मृत्यु

एजेन्सी । भारतमा कोरोना संक्रमण जोखिम दैनिक भयावह बनेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या दुई लाख ९५ हजार ४१ पुगेको छ ।

योसँगै भारतमा संक्रमित हुनेको जम्मा संख्या एक करोड ५६ लाख १६ हजार एक सय ३० पुगेको छ ।

भारतमा कोरोनाको दोश्रो लहरमा संक्रमितको मृत्युदर पनि उच्च रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ८२ हजार ५ सय ५३ पुगेको छ ।

हाल भारतमा २१ लाख ५७ हजार ५ सय ३८ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा एक लाख ६७ हजार ४ सय ५७ संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा एक करोड ३२ लाख ७६ हजार ३९ संक्रमणमुक्त भईसकेका छन् ।

भारतमा हालसम्म १३ करोड एक लाख १९ हजार भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);