अफ्रिकी मुलुक चाडका राष्ट्रपतिको भिडन्तमा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अफ्रिकी मुलुक चाडका राष्ट्रपतिको भिडन्तमा मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबी विद्रोहीसंगको भिडन्तमा मृत्यु भएको छ ।

लिवियासँगको सीमा जोडिएको उत्तरी क्षेत्रमा सेना र विद्रोहीबीच भएको भिडन्तमा राष्ट्रपति डेबी मारिएको हो ।

राष्ट्रपति डेबी गत सप्ताहन्त लिवियासंगको सीमा नजिकको क्षेत्रमा सेनाले विद्रोहीसंग संघर्ष गरिरहेको बेसमा पुगेकाे समयमा भिडन्त भएको थियो । भिडन्तमा घाइते भएका राष्ट्रपति डेबीकाे उपचारका क्रममा मंगलबार निधन भएको हो ।

उहाँको निधनसंगै सरकार र संसद विघटन गरिएको छ । सैन्य परिषद्ले आगामी १८ महिनासम्म मुलुकको नेतृत्व गर्ने जनाइएको छ । गत शनिवारबाट शुरु भएको भिडन्तमा ३ सय जना विद्रोहीसमेत पक्राउ परेका छन् ।

त्यहाँका सेना जर्नेलले भिडन्तमा पाँच जना सेनाको मृत्यु र ३६ जना घाईते भएकोसमेत बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);