एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सानो आकारको हेलिकप्टर मंगल ग्रहमा सफल उडान गरेको छ । इन्जेनुएटी नाम गरेको सानो आकारको हेलिकप्टर एक मिनेट भन्दा कम समय मंगल ग्रहको आकाशमा उडेको नासाले जनाएको छ ।
पृथ्वी बाहेकको ग्रहमा यसरी हेलिकप्टर उडेको यो पहिलो घटना हो । मंगल ग्रहमा रहेको स्याटेलाइटले पठाएको सूचनापछि हेलिकप्टर उडेको पुष्टि भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । आउँदा दिनहरुमा मंगलग्रहमा थप परिस्कृत र ठूलो आकारको विमान उडाउने योजना रहेको नासाले जनाएको छ ।