मङ्गल ग्रहमा नासाको अन्तरिक्ष यानको सफल अवतरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मङ्गल ग्रहमा नासाको अन्तरिक्ष यानको सफल अवतरण

एजेन्सी, ११ मंसिर । अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मङ्गल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एउटा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको जनाएको छ । नासाको अन्तरिक्षयान इन्साइटले ६ महिनाको लामो यात्रापछि मंगल ग्रहमा ऐतिहासिक अवतरण गरेको हो । वैज्ञानिकहरु यसै दिनको पर्खाइमा महिनौँदेखि उत्साहित रहँदै आएका थिए ।

इन्साइट नाम दिइएको अन्तरिक्षयानले निकै जोखिमपूर्वक सो रातो ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको जनाइएको छ । अवतरण गर्नुअघि त्यो यान प्रतिघण्टा २० हजार किलोमिटरसम्मको गतिमा उडेको थियो ।

सो रोबोट जडित यानको सहायताले मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्ने योजना छ । सो कार्य सफल भएमा मङ्गल ग्रह पृथ्वीपछि त्यस्तो अध्ययन गरिने दोस्रो ग्रह हुनेछ । मंगल ग्रहमा अवतरण गर्दा इन्साइट रोबोटले व्यग्र प्रतीक्षा गरिरहेका वैज्ञानिकहरूलाई शृङ्खलाबद्ध रूपमा सूचना पठाएको थियो।

मङ्गल ग्रहमा इन्साइटले सफलतापूर्वक अवतरण गरेको र त्यो सकुशल रहेको पुष्टि भएपछि क्यालिफोर्नियास्थित नासाको प्रयोगशालामा वैज्ञानिकहरूले हर्षोल्लास गरेका थिए । सो यानले मंगल ग्रहको हावामा १२ हजार ३ सय मिटर प्रतिघण्टाको गतिमा यात्रा गर्ने बताइएको छ ।

इन्साइट रोबोट यतिबेला मङ्गल ग्रहको भूमध्यरेखानजिक रहेको फराकिलो समथर भूभाग एलिसियम प्लानिसियामा रहेको बताइएको छ । एजेन्सीहरुले ४४ पटक मंगल ग्रह पुग्ने प्रयास गरिसकेका छन् जसमध्ये केबल अठार मात्र सफल भएका हुन् ।

त्यसमा पनि तीनवटा ग्रहको वायुमण्डलसम्म पुगेपनि अवतरण गर्न भने विफल भएका थिए । तर इन्साइट भने पछिल्ला यानहरु जसरी यताउती नघुम्ने र एकैठाउँमा बसेर ग्रहको आन्तरिक विशेषताबारे जानकारी लिइरहने बताइएको छ ।

वास्तवमा त्यसमा जडान हम्मरले मंगलको जमिनमा ५ मिटरको गहिराइसम्म खन्ने बताइएको छ जसले त्यहाँको आन्तरिक तापमानबारे जानकारी दिन सक्नेछ भने अत्याधिक प्रविधियुक्त सिस्मोमिटरले त्यहाँको कम्पन पनि मापन गर्ने बताइएको छ ।

आजसम्म जतिपटक मंगलमा यन्त्रहरु अवतरण गरेपनि कुनै सिस्मोमिटरले काम गरेका छैनन् र कसैले पनि त्यति गहिरोसम्म खन्न नसकेको बताइएको छ । यसकारण पनि नासाको यो मिसनलाई निकै उत्साहपूर्वक हेरिएको छ भने लामो समयदेखि यसबारे अत्याधिक चर्चा भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);