मङ्गल ग्रहमा तरल अवस्थामा रहेको २० किलोमिटर लामो पानीको ताल भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मङ्गल ग्रहमा तरल अवस्थामा रहेको २० किलोमिटर लामो पानीको ताल भेटियो

mangal garaha

काठमाडौं, १० साउन । अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण फेला पारेका छन् ।

मंगल ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमा पानीको ताल फेला परेको बैज्ञानीकहरुले दाबी गरेका छन् । उक्ता ताल झन्डै २० किलोमिटर चौडा रहेको र गहिराईबारे अनुसन्धान भैरहेको छ । यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए । तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परेको देखाउने यो पहिलो प्रमाण हो ।

यसअघि नासाको क्युरिओसिटी रोभर भनिने अन्तरिक्ष वाहनले पुराना र सुख्खा तालहरूका पिँधको अन्वेषण गर्दा त्यहाँ पहिला पानी रहेको पत्ता लागेको थियो । तर पातलो वायुमण्डल भएकाले पानी अत्याधिक चिसो र हिउँको अवस्थामा रहेको छ ।

अनुसन्धानकर्ता टोलीका संयोजक इटालियन बैज्ञानीक रोबर्टो ओरोसेइले अब मंगल ग्रहमा जिवित जिवका बारेमा अध्ययन गर्न सहज भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);