अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

न्युयोर्क। सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर रहेको पछिल्लो अध्ययनले देखाएको छ। युनिभर्सिटी अफ कोपनहेगनले केही दिनअघि प्रकाशित गरेको अध्ययनले मंगलमा सागर रहेको हुन सक्ने देखाएको हो। अध्ययअनुसार साढ चार अर्ब वर्षपहिले मंगल ग्रहमा ३०० मिटर गहिरो (एक हजार फिट) सागर थियो ।

‘त्यस समयमा मंगल ग्रहमा बरफले भरिएको क्षुद्रग्रहको बाढी थियो । यो मंगल ग्रहको विकासको पहिलो १० करोड वर्षमा भएको थियो । अर्को रोचक पक्ष के छ भने क्षुद्रग्रहहरूले जैविक अणुहरू पनि बोकेका छन्, जुन जीवनका लागि जैविक रूपमा महत्त्वपूर्ण छन्’, सेन्टर फर स्टार एण्ड प्लानेट फर्मेसनको एक विज्ञप्तिमा प्राध्यापक मार्टिन बिजारोले भने । बरफयुक्त क्षुद्रग्रहहरूले मंगल ग्रहमा पानीको अतिरिक्त एमिनो एसिड जस्ता जैविक रूपमा महत्वपूर्ण  यौगिकहरू पनि आफूसँगै लगेको अध्ययनमा जनाइएको छ । अमेरिकी अन्तरिक्ष निकाय  नासाका अनुसार मंगल ग्रहको औसत तापक्रम माइनस ८० डिग्री फरेनहाइट छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);