चिनियाँ अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण, मंगल ग्रहमा यान अवतरण गर्ने चीन अमेरिका पछि विश्वको दोस्रो मुलुक | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

चिनियाँ अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण, मंगल ग्रहमा यान अवतरण गर्ने चीन अमेरिका पछि विश्वको दोस्रो मुलुक

एजेन्सी । चिनियाँ अन्तरिक्ष यान जुरोगं मंगल ग्रहमा सफलता पूर्वक अवतरण गरेको छ ।

सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमा गरेपछि चिनियाँ अन्तरिक्ष यान जुरोगं मंगल ग्रहमा अवतरण भएको चीनीयाँ सरकारी सञ्चारमाध्यमले शनिबार जानकारी दिएको हो ।

शनिबार बिहान चिनियाँ यान जुरोङ्ग अवतरण भएसँगै मंगल ग्रहमा यो सफलता हासिल गर्ने चीन विश्वको दोस्रो देश भएको छ ।

यसअघि अमेरिका मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो । चिनियाँ अन्तरिक्ष यान जुरांगमा ६ वटा चक्का रहेका छन् ।

उक्त यान मंगल ग्रहको उत्तरी गोलार्धमा स्थिति युटोपिया प्लेनेशियामा अवतरण गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);