भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्यामा केही कमी, पछिल्लो २४ घण्टामा ३ हजार ८९० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्यामा केही कमी, पछिल्लो २४ घण्टामा ३ हजार ८९० को मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख २६ हजार ९८ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १६ लाख ९३ हजार ९३ पीसीआर परीक्षणमध्ये तीन लाख २६ हजार ९८ मा संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४३ हजार संक्रमित, संक्रमणमुक्त हुनेको संख्या २ करोड नाघ्यो

जसमध्ये सबैभन्दा बढी संक्रमित ३९ हजार ९ सय २३ महाराष्ट्रका रहेका छन् । त्यसैगरी केरलाका ३४ हजार ६ सय ९४, कर्नाटकका ४१ हजार ७ सय ७९, तमिलनाडुका ३१ हजार ८ सय ९२, आन्ध्र प्रदेशका २२ हजार १८, पश्चिम बंगालका २० हजार ८ सय ३९, उत्तर प्रदेशका १५ हजार ७ सय ४७ र दिल्लीका ८ हजार ५ सय ६ रहेका छन् ।

भारतमा कोरोना संक्रमितको जम्मा संख्या दुई करोड ४३ लाख ७२ हजार ९ सय ७ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या पछिल्लो केही दिनभन्दा कम रहेका छन् । सोअवधिमा भारतमा तीन हजार ८ सय ९० ले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यो संख्या विगत केही दिन ४ हजारभन्दा माथि थियो । हालसम्म ज्यान गुमाउनेको संख्या दुई लाख ६६ हजार २ सय ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका तीन लाख ५३ हजार २ सय ९९ सहित भारतमा संक्रमण जित्न सफल हुनेको संख्या २ करोड ४ लाख ३२ हजार ८ सय ९८ पुगेको छ ।

भारतमा हाल ३६ लाख ७३ हजार ८ सय २ सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म १८ करोड ४ लाख ५७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

यो पनि पढ्नुहोस

बालबालिकालाई खोप दिने योजना रोकेर गरिब देशलाई सहयोग गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);