भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ६ सय ९८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ६ सय ९८ जनामा कोरोना संक्रमण

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ६ सय ९८ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १७ लाख ४५ हजार ८ सय ९ पीसीआर परीक्षणमध्ये ४८ हजार ६ सय ९८ मा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको कुल संख्या तीन करोड १ लाख ८३ हजार १ सय ४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एक हजार १ सय ८३ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म तीन लाख ९४ हजार ४ सय ९३ संक्रमितको मृत्यु भईसकेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ६४ हजार ८ सय १८ सहित भारतमा संक्रमणमुक्त हुनको जम्मा संख्या दुई करोड ९१ लाख ९३ हजार ८५ पुगेको छ ।

भारतमा हाल पाँच लाख ९५ हजार ५ सय ६५ सक्रिय संक्रमित रहेका छन् ।

भारतमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३२ करोड १७ लाख ६० हजार नाघिसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);